+
+
Shares

प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा सुकेको प्याजको भाउ एक साता अवधिमा थोकमा प्रतिकिलो ५ देखि ६ रुपैयाँले घटेको छ।
  • २० पुसमा प्याजको औसत भाउ ५१ रुपैयाँ थियो भने आइतबार ४६ रुपैयाँमा किनबेच भइरहेको छ।
  • कालीमाटी बजारमा अहिले भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ र भारतीय बजारको मूल्यले नेपाली बजारलाई असर पार्ने व्यवसायीहरूले बताए।

२७ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले  प्याजको भाउमा गिरावट आएको देखाएको हो ।

एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ५ देखि ६ रुपैयाँ घटेको छ । २० पुसमा प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४८ र औसत ४६ रुपैयाँमा किनबेच भइरहेको छ । १२ पुसमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५८ र औसत ४८ रुपैयाँमा किनबेच भएको थियो ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?