+
+
Shares

रास्वपाले गर्‍यो समानुपातिक सूची अध्यावधिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:१५

२७ पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएसँगै आज आइतबार निर्वाचन आयोग पुगेर सूची अध्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।

दुई दलबीचको एकता शनिबार साँझ भंग भएको थियो । लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि ःसहमति भएसँगै दुई दलले समानुपातिकतर्फको साझा सूची बुझाएका थिए ।

रास्वपाकै तर्फबाट उज्यालो नेपालले पनि सूची बुझाएको थियो । दुई दलको एकता भंग भएसँगै फागुन २१ को निर्वाचनमा उज्यालो नेपालको समानुपातिकतर्फ उम्मेदवार नै नहुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?