News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन्।
- केन्द्रीय सदस्य डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी लगायतको नाम मञ्चमा बाचन गरिएको छ।
- उपस्थित केन्द्रीय सदस्यहरूलाई मञ्चमा आशनग्रहण गराइएको छ र अन्य नेताहरू सहभागी हुन आउँदै छन्।
२७ पुस, काठमाडौं । मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्न प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि कांग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् ।
केन्द्रीय सदस्यहरू डिला संग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्णबहादुर बुढा, राजन केसी, जानकी सिंह, अब्जुल सतार, दिलमान पाख्रित, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, आंगेरु शेर्पा, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी, उदयशमशेर राणा लगायतका नेताको नाम मञ्चमा बाचन गरिएको छ
तीमध्ये उपस्थित भएका केन्द्रीय सदस्यहरूलाई मञ्चमा आशनग्रहण गराइएको छ । अन्य नेताहरू कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी उद्घोषकले गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4