+
+
Shares

२ हजार १८५ महाधिवेशन प्रतिनिधिले गरे विशेषको पक्षमा हस्ताक्षर (अपडेट)

विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।
  • महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन्।
  • साँझ ६ बजेसम्म २ हजार १८५ जना प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् र कुल प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ जना रहेको छ।

२७ पुस, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् ।

सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ ।

बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका सचिवालय सदस्य युवराज पाण्डले जानकारी दिए ।

नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?