+
+
Shares

विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहन्थ्यौं, खुसी छैनौं : गगन थापा

थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:३३

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्‍यौं । हामीलाई खुसी लागेको होइन,’ थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’

साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए ।

‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ थापाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?