+
+
Shares

पार्टी विभाजन रोक्न लागिपरेका छौं : नेता बडू

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन्।
  • उनले महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर पार्टी विभाजन रोक्ने निर्णयमा पुगेको बताए।
  • पार्टीमा सुधार र पुस्तान्तरणको मुद्दा उठाउँदै विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन् ।

सोमबार बिहान नेता डा. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको पनि बताए ।

‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरूसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौं,’ उनले भने ।

महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेको पनि उनले बताए ।

पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरूले मुद्दा उठाउँदै आएको बताउँदै उनले अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

‘पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोइरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?