+
+
Shares

काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा भेटियो शव

ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको निर्माणाधीन जिल्ला प्रशासन कार्यालयको भवनमा एक पुरुषको जलेको शव फेला परेको छ।
  • प्रहरीले शव केही दिनअघिको हुन सक्ने र ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको जनाएको छ।
  • घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने र सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

२८ पुस, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

जलेको अवस्थामा भेटिएको शव केही दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म शवको पहिचान हुन नसकेको तथा ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने गरेको उनी सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?