+
+
Shares

संस्थापनसँग छलफलका लागि विशेष महाधिवेशन पक्षले पनि बनायो वार्ता टोली

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नीति र नेतृत्व परिवर्तनको माग गर्दै सभापति देउवा पक्षसँग वार्ता टोली बनाएको छ।
  • विशेष पक्षले प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे गरी टोली बनाएको छ भने देउवाले उपसभापति खड्का र रमेश लेखकलाई वार्ताका लागि जिम्मेवारी दिएका छन्।
  • दुवै पक्षबीच भोलि मंगलबार बिहान छलफल हुने तयारी छ र विशेष महाधिवेशनलाई सभापति देउवाले मान्यता नदिने सन्देश निकटस्थमार्फत् दिइरहेका छन्।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग छलफलका लागि वार्ता टोली बनाएको छ ।

नीति र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आयोजना गरेको पक्षले सभापति शेरबहादुर देउवा पक्षसँग कुरा गर्न वार्ता टोली बनाएको हो ।

विशेष पक्षले बनाएको समितिमा नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे छन् ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई विशेष पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन् ।

दुई पक्षबीच भोलि मंगलबार बिहान छलफलको तयारी छ । विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाएपनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।

कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।

विशेष पक्षको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?