२९ पुस, काठमाडौं । निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर नयाँ नेतृत्व चयनमा होमिएको नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ बन्ने केन्द्रीय समितिमा निर्वाचित हुने पदहरू सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र अन्तर्गत आजै साँझ ९ बजेबाट मतदान हुने जनाइएको छ ।
केन्द्रीय समितिमा १ जना सभापति, २ जना उपसभापति उपसभापति २, महामन्त्री २, सहमहामन्त्रीहरू महिला–१, दलित–१, आदिवासी जनजातीतर्फ–१, खस आर्य–१, मधेशी–१, मुस्लिम–१, थारु–१, पिछडिएको–१ पदमा उम्मेदवारी हुने बताइएको छ ।
खुला केन्द्रीय सदस्यको संख्या ३५ राखिएको छ । जसमा उम्मेदवारी दिन सकिने निर्वाचन समितिले जनाएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।
प्रतिक्रिया 4