News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रोचरणको छलफलको तयारीमा जुटेका छन्।
- बिहानको छलफलमा सभापति देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए।
- शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार र विशेष महाधिवेशनको पक्षबाट चार नेताहरू सहभागी थिए।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रोचरणको छलफलको तयारीमा जुटेका छन् । यसअघि बिहान पनि छलफलमा जुटेका नेताहरूबीच सहमति जुटेको थिएन ।
बिहानको छलफलमा सभापति शेरबहादुर देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए ।
त्यस्तै शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार थिए भने विशेष महाधिवेशनको पक्षबाट प्रदीप पौडेल, देवराज चालिले, गुरुराज घिमिरे र मधु आचार्य थिए ।
बिहान नेताहरू लाजिम्पाटमा भेला भएका थिए ।
दोस्रोचरणको छलफलका लागि नेता रमेश लेखक आउन बाँकी रहेको चालिसेले जानकारी दिए । ‘वार्तास्थलमा तीन वटै समूहका नेताहरु पुग्यौं,’ उनले भने, ‘छलफल सुरु भएको छैन । रमेशजीको पर्खाइमा छौँ ।’
प्रतिक्रिया 4