+
+
Shares

माघे सक्रान्तिदेखि आइएनआईको देवचुलीस्थित नयाँ हल सञ्चालनमा आउँदै

फागुनदेखि भैरहवामा थप २ हल पनि

चलचित्र विकास बोर्डका अनुसार देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माघे सक्रान्तिदेखदेखि नवलपरासी देवचुलीमा २९२ सिट क्षमताको आइएनआई देवचुली मल्टिप्लेक्स संचालनमा आउँदैछ।
  • आइएनआईले भैरहवाको भाटभटेनीमा ४०० सिट क्षमता दुई हल फागुन अन्त्यदेखि सञ्चालन गर्ने योजना बनाएको छ।
  • देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ बाट आइएनआई देवचुली हल सञ्चालनसँगै १७० पुग्नेछ।

काठमाडौं । मल्टिप्लेक्स चेन आइएनआईको देशभर पर्दा संख्या ११ पुगेको छ । माघे सक्रान्तिदेखि नवलपरासीको देवचुलीमा २९२ सिट क्षमताको सिंगल थिएटर ‘आइएनआई देवचुली मल्टिप्लेक्स’ संचालनमा आउँदैछ ।

सो हलमा लेजर स्मार्ट प्रोजेक्टर बार्को-११ एस, एआईले पनि रिड गर्न सक्ने ध्वनिको नयाँ संस्करण ‘इमर्सिभ साउन्ड’, पल्ज स्पिकर्स, जीडीसी सर्भर, थ्रीडीको अत्याधुनिक संस्करण गेट-डी थ्रीडी जडान गरिएको छ ।

हलमा पर्दाको आकार ३७ फिट लम्बाई र साढे १५ फिट उचाइ छ । आइएनआई निर्देशक सुरेन्द्र थापाका अनुसार, भैरहवाको भाटभटेनीमा ४०० सिट क्षमता दुई हल पनि फागुन अन्त्यदेखि संचालनमा आउनेछन् ।

यो समाचार लेख्दासम्म चलचित्र विकास बोर्डका अनुसार देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ छ । आइएनआईको देवचुली हल चलेसँगै देशभरका हलको संख्या १७० पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?