News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमईले साउदी अरबमा रहेका नेपालीका लागि टिक्मो एपमार्फत पैसा पठाउँदा उपहार जित्ने 'टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं' योजना सार्वजनिक गरेको छ।
- यो योजना २१ पुसदेखि १७ चैतसम्म सञ्चालन हुनेछ र मेगा पुरस्कारमा एक विजेताले बीवाईडी एट्टो १ ईभी प्राप्त गर्नेछन्।
- मासिक दुई जनाले याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनाले आइफोन १७ जित्ने अवसर पाउनेछन् भने विजेता पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिनेछ।
२९ पुस, काठमाडौं । नेपाली रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले ‘टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ ।
२१ पुसदेखि १७ चैतसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरी आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।
टिक्मो एपमार्फत साउदीबाट आईएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एक विजेताले बीवाईडी एट्टो १ ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुई जनाले याडिया ओविन इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् ।
त्यस्तै साप्ताहिक विजेता अन्तर्गत १२ जनाले आइफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना लाभान्वित हुनेछन् भने विजेता पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिने आईएमईले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि साउदीमा रहेका नेपालीले कमाएको पैसा सुरक्षित नेपालमा रहेका आफन्तका हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ ।
वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सिप भित्र्याउने मात्रै नभई अवसर सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आईएमईले प्रदान गरेको छ ।
प्रतिक्रिया 4