+
+
Shares

त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स

त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको आँबुखैरेनी गाउँपालिका नजिकै त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ।
  • सशस्त्र प्रहरी बल नेपालका टोलीले त्रिशूली नदीमा पहिरोले बगाएको बस खोजीकार्य गर्दै फेला पारेका छन्।
  • २८ असार २०८१ मा दुई बस पहिरोले बगाउँदा ६२ यात्रु बेपत्ता भएका थिए र १४ जनाको शव निकालिएको थियो।

२९ पुस, काठमाडौं । त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा गाडीको पाटपुर्जा भेटिएको थियो ।

पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको टोलीले बस फेला पारेको हो ।

२८ असार २०८१ बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडक माथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए ।

एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु थिए । जसमध्ये तीन यात्रु हाम फालेर बाँचे । बाँकी ६२ यात्रु बेपत्ता भए । १४ जनाको शव निकालिएको थियो । बाँकी यात्रुकाे शव अझै बेपता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?