News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ।
- उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरी भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका छन्।
- पार्टीको विशेष महाधिवेशन पक्षधर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा आजको बैठकमा उपस्थित थिएनन्।
२९ पुस, काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए । केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका थिए ।
आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित गएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4