News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ र विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको छ।
- महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र सुझावलाई समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको छ।
- कांग्रेस विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ जसमा तीन समूहका नेताहरू सहभागी छन्।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।
महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापान समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उनको भनाइ छ ।
कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् । त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4