+
+
Shares

दीपक लामाले ल्याए सेलो गीत ‘लासो ले है लासो’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दीपक लामाको नयाँ तामाङ सेलो गीत 'लासो ले है लासो' सार्वजनिक भएको छ।
  • गीतमा छेवाङ डी. स्याङबोको शब्द तथा संगीत र अर्पण थिङ तामाङको एरेन्ज छ।
  • गीतले माया प्रेममा पर्न लागेका युवायुवती र तामाङ सेलो संगीतका प्रशंसकको मन जित्ने विश्वास गरिएको छ।

काठमाडौं । गायक दीपक लामाको ‘लासो ले है लासो’ बोलको नयाँ सेलो गीत सार्वजनिक भएको छ ।

तामाङ सेलो लयको यो गीतमा छेवाङ डी. स्याङबोको शब्द तथा संगीत छ । अर्पण थिङ तामाङले एरेन्ज गरेका छन् ।

मैच्याङको हाँसो साह्रै नै बबाल
सिंगल यो ज्यान भा’छैन डबल
लासो ले है लासो
च्याङबाले कम्मर कस्यो …

यो गीतले विशेष गरी भर्खर माया प्रेममा पर्न लागेका युवायुवती र तामाङ सेलो संगीतका प्रशंसकको मन जित्ने गायक लामाको विश्वास छ । यो गीत ‘प्रेम लामा’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?