News Summary
Generated by OK AI. Editorially reviewed.- विहिबारदेखि नेपालका हलमा तीन नेपाली फिल्म गोबर गणेश, भाइरल गोर्खे र मिरमिरे प्रदर्शनमा आउँदैछन्।
- गोबर गणेशले परिवारिक र सामाजिक कथावस्तुमा आमाको संघर्ष देखाउँछ र ११२ शोज पाएको छ।
- मिरमिरे र भाइरल गोर्खेले क्रमशः १३० र १०७ शोज पाएका छन् र सामाजिक विषयमा आधारित छन्।
काठमाडौैं । विहिबारदेखि नेपालका हलमा तीन नेपाली फिल्म गोबर गणेश, भाइरल गोर्खे र मिरमिरे प्रदर्शन तयारीमा छन् । माघ महिनासँगै हलमा फिल्मको बाढी आउनेछ, त्यसको सुरुवात विहिबारदेखि हुँदैछ ।
चर्चित कलाकारले अभिनय गरेका ३ फिल्म एकैसाथ प्रदर्शनमा आउन लागेका हुन् । यी तीनै फिल्मबीच एउटा समानता छ- त्यो हो सबै सामाजिक कथावस्तुमा आधारित फिल्म हुन् ।
मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ स्टारर ‘गोबर गणेश’ परिवारिक र सामाजिक कथावस्तुमा आधारित छ । १४० मिनेट रनटाइमको यो फिल्मले आमालाई खुसी पार्ने सपना बोकेर गाउँको एक ठिटो सहरमा आउँछ । सहरमा उनले धोका, अपमान र एक्लोपनसँग संघर्ष गर्नुपर्छ । उसकी आमा र प्रेमिकाको हौसलाले उसले यी चुनौतिसँग लड्ने साहस जुटाउँछ ।
मरिचमानसहित वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना र पदम तामाङ अभिनित फिल्मले विहिबारको लागि देशब्यापी ११२ शोज प्राप्त गरेको छ ।
दयाहाङ राई र प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ पनि पारिवारिक र प्रेमकथामा आधारित छ । १०५ मिनेट रनटाइमको यो फिल्मले देशब्यापी १३० शोज पाएको छ ।
सृष्टि श्रेष्ठ र सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्न खोज्ने प्रवृत्ति र त्यसले ल्याउने सामाजिक र व्यक्तिगत असरको कथा पेश गर्छ । १४६ मिनेट रनटाइमको यो फिल्मले विहिबार १०७ शोज पाएको छ ।
दर्शकलाई कुन-कुन फिल्म हेर्ने भन्ने कुरा रुचि र कथावस्तुअनुसार हेर्ने सुविधा उपलब्ध छ ।
प्रतिक्रिया 4