+
+
Shares

क्यान्सर प्रभावितको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा

क्यान्सर प्रभावित विपन्न नागरिकको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु भएको छ । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यही पुस १७ गतेबाट यात्रा सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपहाडी लोकमार्गमा क्यान्सर प्रभावित विपन्न नागरिकको उपचार सहयोगार्थ साइकल यात्रा पुस १७ गतेदेखि सुरु भएको छ।
  • १५ जनाको टोलीले पाँचथरबाट झुलाघाटसम्म करिब १८ सय किलोमिटर यात्रा गर्दै क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।
  • यात्राबाट संकलित रकम माघ २१ गते विश्व क्यान्सर दिवसमा धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ।

३० पुस, गोरखा । क्यान्सर प्रभावित विपन्न नागरिकको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु भएको छ । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यही पुस १७ गतेबाट यात्रा सुरु भएको हो ।

पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा बैतडीको झुलाघाट पुगेर टुंगिने छ । करिब १८ सय किलोमिटर दुरीको एक महिने यात्रामा १५ जनाको टोलि सहभागी छन् । क्यान्सर बिजेता हर्क लामाले अगुगाइ गरेको यात्रामा अर्का क्यान्सर बिजेता कविता चित्रकार, डा. विकास पराजुलीसहितको टोली सहभागी रहेको बताइएको छ ।

यात्रा अवधिभर विभिन्न ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम पनि संचालन हुँदै आएको प्रा.डा. सुमन ताम्राकारले बताए । ‘विभिन्न ठाउँमा हामीले स्वास्थ्य शिविर पनि गरेका छौ,’ उनले भने, ‘जनचेतना पनि फैलाएका छौ ।’

विशेष गरी धुलिखेल अस्पतालमा उपचारका लागि आउने क्यान्सर प्रभावित विपन्न नागरिकको उपचारका लागि रकम संकलन गर्र्ने यात्राको प्रमुख उदेश्य रहेको उनले जानकारी दिए । ‘हामीले एउटा कोष बनाएका छौँ, यात्रा अवधिभर संकलन भएको रकम कोषमा जम्मा हुन्छ र आउँदो माघ २१ गते विश्व क्यान्सर दिवसको अवसरमा त्यो रकम धुलिखेल अस्पताललाई हस्तान्तरण गर्छाै,’ उनले भने ।

यात्राको क्रममा उक्त टोलि बुधबार गोरखा आइपुगेको हो । पालुङटार नगरपालिकामा उनीहरूलाई पालिकाले स्वागत समेत गरेको छ । मेयर विवश चिन्तन, उपमेयर बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी लगायतको टिमले उनीहरुलाई स्वागत गरेको हो । पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल, सिन्धुपाल्चोक, नुवाकोट हुदैँ १३ औं दिनमा टोली गोरखा आइपुगेको हो । उनीहरु वधुवार नै लम्जुङ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?