News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
- थापाले भने, "नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ।"
- उनीहरूले विशेष महाधिवेशन बाध्यताले गर्नुपरेको र जोखिम उठाउनुपर्ने बताए।
१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।
मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति .फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने ।
साथै, उनले नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा अहिले विशेष महाधिवेशन गर्ने मन नभए पनि बाध्यताले गर्नुपरेको बताए ।
‘हामी कसैको पनि यो रहर थिएन । यो बाध्यता थियो । यो जोखिम हामीले उठाउनै पर्थ्यो । मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4