News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सखरखण्ड, पिँडालु र तरुलको भाउ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- तरुलको भाउ बिहीबार प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेर ७० रुपैयाँ कायम भएको छ।
- सखरखण्ड र पिँडालुको भाउ क्रमशः १० र ९ रुपैयाँले घटेर ५३ र ५५ रुपैयाँमा किनबेच भइरहेको छ।
१ माघ, काठमाडौं । बजारमा सखरखण्ड, पिँडालु र तरुलको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार यी कन्दमूलको भाउ घटेको हो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार तरुलको भाउ प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेको छ । बुधबार तरुल प्रतिकिलो थोकमा औसत १ सय २ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो ७० रुपैयाँ कायम छ ।
यस्तै सखरखण्ड पनि प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । आज सखरखण्ड प्रतिकिलो थोकमा ५३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ६३ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी हिजो बुधबारको तुलनामा आज बिहीबार पिँडालु प्रतिकिलो भाउ ९ रुपैयाँले घटेर ५५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4