News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बुधबारदेखि दुई समूहमा विभाजन भएको छ, जसमा शेरबहादुर देउवा र गगन थापाको नेतृत्व रहेको छ।
- देउवा नेतृत्वको कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
- पार्टीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा कारबाही निर्णय पोस्ट गरिएको छ भने गगन नेतृत्वको कांग्रेसले एक्स सामाजिक सञ्जालमा विशेष महाधिवेशनको सूचना राखेको छ।
१ माघ, काठमाडौं । नेपाली कांग्रेस बुधबारदेखि विभाजन भएको छ । एउटा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वको ।
दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । देउवा कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
त्यतिमात्रै होइन पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको तस्बिर र नाम पनि हटाइएको छ । उता सामाजिक सञ्जाल फेसबुक पनि देउवा कांग्रेसको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ ।
यता गगन नेतृत्वको कांग्रेसको पहुँचमा एक्स छ । त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4