+
+
Shares

जसपाले माघ ५ गते बलिदानी दिवस मनाउने

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको पहिलो बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय पनि गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालले माघ ५ गते प्रत्येक निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ।
  • पार्टीले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने र विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
  • बैठकले पाँच जना नयाँ सदस्य केन्द्रीय समन्वय समितिमा थप्ने र राष्ट्रिय सभाको निर्वाचनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको पहिलो बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय पनि गरेको छ।

बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि ज्यान गुमाएकाहरूको सम्झनामा देशभर विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

यसैगरी, बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरेको हो।

एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको र पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ। नव–थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन।

बैठकले आगामी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । गठित समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह, लालकिशोर साह रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ।

पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?