+
+
Shares

चुनाव हुन्छ, कांग्रेसले बहुमत ल्याउँछ : पूर्णबहादुर खड्का

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन्।
  • उहाँले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा चुनाव हुने र कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्नुभयो।
  • उहाँले भने, 'चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ'।

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताएका हुन् ।

‘चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ’ उनले भने ।

कांग्रेसमा अहिले आधिकारिकताको विवाद चर्किएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस दुवैले निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।

आजै दुवै कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?