+
+
Shares

निर्वाचन आयोगमा कांग्रेसका दुई पक्ष आमनेसामने, गेटबाहिर नाराबाजी (तस्वीरहरू)

नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका दुई पक्ष निर्वाचन आयोगअगाडि पार्टीको आधिकारिकता लिएर आमनेसामने भएका छन्।
  • गगन थापा नेतृत्वको पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिन माग गरेको छ।
  • शेरबहादुर देउवा नेतृत्वको पक्षले कुनै विशेष महाधिवेशन नभएको भन्दै आफूहरूलाई आधिकारिक कांग्रेस भनेको छ।

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् । पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएको हो । गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।

देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।

थापा नेतृत्वको कांग्रेस हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिता दिन माग गर्दै आयोग पुगेको छ भने देउवा नेतृत्वको कांग्रेस पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउँदै पुगेको छ ।

दुवैले विवरण अध्यावधिक गर्न आयोगसमक्ष निवेदन पनि दिएका छन् । आजैमात्र दुवै समूहले आयोगका पदाधिकारीसँग छलफल पनि गरेका थिए ।

दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?