+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ

पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते ११:५१

४ माघ, काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

‘कानुनका अघि सबै बराबरी हुन् । प्रहरीले नै गल्ती गरे पनि छाड्ने कुरा भएन । कानुन विपरीत काम गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउँछ,’ एसपी भट्टराईले भने ।

अहिले पक्राउ परेका दुवै जना काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?