News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न निर्वाचन आयोग जान लागेको छ।
- देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती आयोग जानेछन् ।
- देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटको प्रमाणीत पत्र लिएर आयोग जान लागेको उनले बताए।
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ ।
देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जाँदैछन् ।
‘हामीले केहीबेरअघि सर्वोच्चमा दायर गरेको रिटको प्रमाणित पत्र लिएर उहाँहरू निर्वाचन आयोग जानुहुन्छ,’ उनले भने ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि माघ ६ गते मनोनयनको तालिका छ ।
पार्टीको विशेष महाधिवेशनबाट गगनकुमार थापासहितको कार्यसमिति निर्वाचित भएको छ । यसलाई निर्वाचन आयोगले आधिकारिकता रहेको निर्णय सुनाइसकेको छ ।
देउवा समूहले आयोगको निर्णय खारेज गर्न माग गर्दै आजमात्रै रिट दायर गरेको छ । पेसी माघ ६ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया 4