४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दिएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ ।
काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।
आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानूनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफुलाई प्राप्त भएको उनले बताइन् ।
शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगाएतका क्षेत्रमा गरेको कामको उनले धन्यवाद दिइन् ।
नगर कार्यपालिका बैठकले शाहप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको छ । बालेन शाहले पदबाट राजीनामा दिएपछि सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै नगर कार्यपालिका बैठक बोलाएकी थिइन् ।
प्रतिक्रिया 4