५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरी हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहे पनि मुलुक जबरजस्त चुनावतर्फ अघि बढिसकेकाले पार्टी पनि त्यसमा लागेको बताएका हुन् ।
प्रजातान्त्रीक दल भएकाले राप्रपा निर्वाचनमा सहभागी हुने र चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनको भनाइ छ । उनले देशलाई दीर्घकालीन शान्ति तथा स्थायीत्व निर्माण गर्नका लागि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको धारणा राखे ।
प्रतिक्रिया 4