५ माघ, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले मधेश इतिहास बोकेको ठाउँ भएको भन्दै आज देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्ने बताएकी छिन् ।
सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले देशको भाग्य परिवर्तन मधेशबाटै हुनुपर्ने बताइन् ।
अब आयने निर्वाचनबाट मधेशका छोरा बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको उनले बताइन् ।
‘हामी परिवर्तनको उद्घोष लिएर देशव्यापी रुपमा हिँडेका छौं । इतिहास बोकेको ठाउँ हो मधेश, आज यो उद्घोष सभाबाट मधेशले वाचा गर्नैपर्छ, यो देशले भाग्य परिवर्तन गर्नैपर्छ,’ गौतमले भनिन्, ‘मधेश अग्रपंक्तिमा रहनैपर्छ । किनकी रास्वपा आज अग्रपंक्तिमा उभिएको छ । यो देश अबको आउने निर्वाचनबाट बालेन शाहज्यूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छ ।’
उनले आज बलिदान दिवस मनाइरहँदा पार्टी सभापति रवि लामिछानेले १५ वर्षअघि क्यामेरा बोकेर देशका समस्या बुझ्नका लागि हिँडेको स्मरण गरिन् ।
‘बलिदान दिवस मनाइरहँदा हाम्रो पार्टीको सभापति रवि लामिछाने आजभन्दा १० १५ वर्षअघि मधेशका फाँटमा गएर नेपालका समस्यालाई उजागर गर्दै हुनुहुन्थ्यो,’ उनले भनिन् ।
आज पार्टीमा बोलन शाह प्रवेश गर्दैगर्दा पार्टीले पूर्णता पाएको महसुस आफूले पाएको बताइन् ।
‘जसरी यो पार्टी निर्माण गर्नुभयो यो पार्टीमा हाम्रा बालेन्द्र शाहज्यू जन्मको हिसाबले मधेशको छोरो, राजनीतिक जन्मको हिसाबले काठमाडौंको छोरो र मेयरको रुपमा उहाँको राजनीतिक उदय भएको थियो,’ उनले भनिन्, ‘आज अपनत्वको हिसाबले देशको छोरो एकै ठाउँमा उभिनुभएको छ । यो ऐतिहासिक क्षण हो । यो मञ्चमा उभिँदा आज रास्वपा पूर्ण भएको महसुस गरेको छु । मैले मेरो देश पूर्ण भएको महसुस गरेको छु । ’
रवि र बालेनको उपस्थितिले देश हाँसेको छ, आशा गरेको छ, भविष्य देखेको उनको भनाइ छ ।
प्रतिक्रिया 4