News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन्।
- उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरे।
- उनले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने र जनकपुरलाई अध्यात्मको राजधानी बनाउने प्रतिबद्धता जनाए।
५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन् ।
जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरे ।
‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एकजना सदस्यको रूपमा रहन चाहन्छु । त्यसका लागि तपाईंहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, सहयोग गर्नुपर्छ,’ उनले भने ।
आफू निर्वाचित भए जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने, अयोध्यादेखि जनकपुर जोडिने भन्दै उनले जनकपुुरलाई अध्यात्मको राजधानीको रूपमा विश्वभर परिचित गराउने प्रतिबद्धता जनाए ।
उनले युवाहरूका लागि रामजानकी रंगशाला निर्माण गर्ने, सुशासन र सार्वजनिक सेवा वृद्धिमा काम गर्ने बताए ।
प्रवक्ता तथा उम्मेदवार झाले रास्वपासँग १०, १५ र २० वर्षमा कहाँ पुग्ने भन्ने योजना रहेको भन्दै त्यही योजनालाई हेरेर मत दिन आग्रह गरे ।
उनले अमरेशकुमार सिंहको नेतृत्वमा मधेशमा परिवर्तन गरेर देखाउने बाचा गरे ।
‘एकपटक मौका दिनुस्, एक हजार आठ सय २५ दिनपछि अरु अर्को चुनावमा एकपटक मौका दिनुस् भनेर याचना लिएर आउनेछन्, हामी हामी रिपोर्ट कार्ड लिएर आउनेछौं,’ उनले भने ।
प्रतिक्रिया 4