+
+
Shares

ढाका फिल्म फेस्टिभलको स्क्रिनप्ले ल्याबमा ऋतेश गुरुङको पटकथा तेस्रो

दक्षिण एसियाली फिल्म उद्योगलाई विश्व बजारसँग जोड्ने उद्देश्यले आयोजित उक्त ल्याबमा नेपालबाट ऋतेश एक्लो प्रतिनिधित्व थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गत चौथो वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा ऋतेश गुरुङको माउन्टेन अफ स्पिरिट्स पटकथा तेस्रो भएको छ।

२३औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (डिफ) अन्तर्गत आयोजित चौथो ‘वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब’मा ऋतेश गुरुङको पटकथा तेस्रो भएको छ । विश्वभरबाट छानिएका विभिन्न पटकथाहरूमध्ये गुरुङको ‘माउन्टेन अफ स्पिरिट्स’ नामक पटकथा तेस्रो भएको हो ।

उनको पटकथा ‘माउन्टेन अफ स्पिरिट्स’ उत्कृष्ट तीनमा छनोट भएसँगै उनले दुई लाख टका (दुई लाख ३७ हजार रुपैयाँ) नगद पुरस्कार समेत प्राप्त गरेका छन् । अब उक्त रकम पटकथाको थप विकासमा प्रयोग गरिने गुरुङले अनलाइनखबरलाई बताए ।

दक्षिण एसियाली फिल्म उद्योगलाई विश्व बजारसँग जोड्ने उद्देश्यले आयोजित उक्त ल्याबमा नेपालबाट ऋतेश एक्लो प्रतिनिधित्व थिए । ल्याबमा वरिष्ठ फिल्म सम्पादक मेरी स्टीफन, लेखक तथा निर्देशक मोस्तफा सरवार फारोकी र फिल्म निर्माता इस्तियाक जामी निर्णायक मण्डलमा रहेका थिए ।

निर्णायक मण्डलका अनुसार ‘माउन्टेन अफ स्पिरिट्स’ले नेपाली भूमि, स्थानीय विश्वास र परिवेशलाई निकै गहिराइमा चित्रण गरेको छ । यसमा मौनता, अन्धविश्वास, प्रेम, र आध्यात्मिकता जस्ता विषय रहेका छन् ।

त्यस्तै ल्याबमा चीनका ओट्स यिनचाओको ‘सी स्ट्यान्ड्स स्टिल इन ड्रिफ्टिङ वाटर’ पहिलो हुँदा किर्गिस्तानकी आइजादा बेकबालाएभाको ‘द हजबेन्ड’ले दोस्रो भएकी थिइन् ।

ऋतेश अनलाइनखबरको सप्ताहन्तमा समेत लेख्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?