News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
- मनोनयनपत्र दाखिल गर्ने समय माघ ५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ।
- निर्वाचन आयोगले मनोनयनपत्र समयमा दाखिल हुनेमा विश्वास राखेको र कानुनी प्रक्रिया पछि हुने बताए।
५ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
मनोनयन दर्ताको अघिल्लो दिन सोमबार अपिल जारी गर्दै उनले भनेका छन्, ‘जोजो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ ।’ मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।
यही माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागु भएको छ । सबै निर्वाचनसँग सम्बन्धित कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार सम्पादन भएको उनले बताएका छन् ।
‘अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने, थप्ने घटाउनेलगायत काम हुँदैन,’ उनले भनेका छन्, ‘तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ ।’
निर्वाचन आयोगले निर्धारण गरेको निर्धारित समय भित्र मनोनयनपत्र दाखिल हुनुपर्ने भन्दै उनले थपेका छन्, ‘दाखिल भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानुनी प्रक्रियाका कुरा आफ्नै ठाउँमा रहन्छन् तर समयमा मनोनयनपत्र दाखिला हुन्छ भन्नेमा आयोग विश्वास गर्छ ।’
लोकतन्त्रको सुन्दर पक्ष भन्नेकै चुन्ने र चुनिने अधिकार भएको उनले बताए । ‘मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ । नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन । यसमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहन्छ,’ उनले भनेका छन्, ‘सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ ।’
मनोनयनपत्र दाखिल गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न नसकेको अवस्थामा आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था गरेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया 4