+
+
Shares

नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २१:५२

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केही क्षेत्र बाहेक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुम र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बन्नेगरी उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । सार्वजनिक सूची अनुसार नेकपा बन्नुअघिको एकीकृत समाजवादीबाट ३० जनाले टिकट पाएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलाम–२ मा उनी निकट रणबहादुर राईले टिकट पाएका छन् । राई सूर्योदय नगरपालिकाका मेयर हुन् ।

टिकट पाउनेमा माधव नेपालका स्वकीय सचिव रहेका रामकुमार भट्टराई र नितेश पौडेल समेत छन् । भट्टराई रौतहट–४ र पौडेल कामाडौं–२ बाट उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादी भएर एकता प्रक्रियामा नगए पनि एमाले पृष्ठभूमिका अरु केही नेताले पनि टिकट पाएका छन् । दैलेख–२ मा योगेन्द्र शाही, बाजुरामा प्रकाश शाह र अछाम–१ मा टिकट पाएका भीम रावल एमाले पृष्ठभूमिका नेता हुन् । यद्यपि उनीहरू अलग–अलग समय र तरिकाले नेकपामा समाहित भएका थिए ।

टिकट पाउने तत्कालीन एसका नेताहरू: 

इलाम–१ मा रणबहादुर राई

झापा–१ मा अशेष घिमिरे

संखुवासभमा सरिता खड्का थापा

धनकुटामा धर्म पौडेल केन्द्रीय सदस्य

मोरङ–२ मा चन्द्रबीर राई

मोरङ– ३ मा डा. देवमान सम्बाहाम्फे

सुनसरी–४ मा महहम महफुज अन्सार

उदयपुर–१ मा बलदेव चौधरी

सिराहामा रामचन्द्र यादव

धनुषा– मा २ रामचन्द्र झा

रौतहट–१ मा माधवकुमार नेपाल

रौतहट–४ मा रामकुमार भट्टराई

पर्सा– २ मा मनोज चौधरी

सिन्धुली–१ मा डेकेन्द्र सुवेदी कानुन व्यावसायी अध्यक्ष

धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं–१ मा मेनका भण्डारी (कृतु)

काठमाडौंैं–२ नितेश पौडेल

काठमाडौंैं–७ बसन्त मानन्धर

काभ्रे–२ बसन्धरा हुमागाईँ

चितवन–१ मा डा. कृष्ण पन्त

पाल्पा–२ मा सोमप्रसाद पाण्डे

अर्घाखाँचीमा रामबहादुर चौहान

दाङ–१ मा मेटमणि चौधरी

बाँके–३ मा दीपक जीएम

डोल्पामा धनबहादुर बुढा

मुगुमा चन्द्रबहादुर शाही (केन्द्रीय सचिव)

दैलेख–१ मा अम्बरबहादुर थापा

कैलाली–५ मा प्रेम आले

बैतडीमा परमानन्द भट्ट

कञ्चनपुर–२ मा माधव पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?