६ माघ, काठमाडौं । संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यकारिणी समिति सदस्य आत्माराम साहले पार्टी छाडेका छन् ।
जसपा परित्याग गर्दै आजपा प्रवेश गरेका आत्माराम साह बारा-२ बाट चुनाव लड्ने भएका छन् ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनलाई आजपामा प्रवेश गराउदै पार्टीमा स्वागत गरे ।
आत्माराम आजपाबाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. २ बाट उम्मेदवार भएका छन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय छ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनको समय आज हो ।
प्रतिक्रिया 4