+
+
Shares

धनकुटामा मनोनयन दर्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ।
  • नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी र आम आदमी पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्।
  • धनकुटामा विभिन्न दलका पूर्व मन्त्री र सभापतिहरूले मनोनयन गर्ने तयारी गरिरहेका छन्।

६ माघ, धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो।

हालसम्म नेपाल मजदुर किसान पार्टीका उत्तम शाखकर्मी, श्रम संस्कृति पार्टीका सानबहादुर राई र आम आदमी पार्टीका शिव थापाले मनोनयन दर्ता गरिसकेका छन्।

यसपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई १२:३० बजे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई १ बजे, नेपाली कांग्रेसलाई १:३० बजे, नेपाली कम्युनिष्ट पार्टी २ बजे मनोनयनको समय तोकिएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २:३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ बजे, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव) लाई ३:३० बजे, जनता समाज पार्टी नेपाललाई ४ बजे र मंगोल नेशनल अर्ननाइजेशनलाई ४:३० बजे मनोनयनको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

धनकुटामा पूर्व मन्त्री राजेन्द्रकुमार राईले एमालेबाट, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व जिविस सभापति धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापाले मनोनयन गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?