News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले महोत्तरी क्षेत्र नं ४ का लागि एकल सिफारिस भएका सरोजकुमार यादवलाई टिकटबाट वञ्चित गरेको छ।
- एमालेले पूर्वमुख्यमन्त्री यादवको सट्टा निलम अधिकारीलाई टिकट दिएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए।
- अध्यक्ष यादवले भने, 'पार्टीको निर्णय सबैले मान्नैपर्छ' र यस विषयमा विवाद नरहेको बताए।
६ माघ, महोत्तरी । नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं ४ का लागि एकल सिफारिस भएका सरोजकुमार यादव टिकटबाट वञ्चित भएका छन् ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री यादवलाई एमालेले अन्तिममा टिकट रोकेको हो । पार्टीले निलम अधिकारीलाई टिकट दिएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए ।
‘सरोजकुमार यादवलाई पार्टीले ब्याक गरेर निलम अधिकारीलाई अघि सारेको छ । पार्टीको निर्णय सबैले मान्नैपर्छ । यसमा विवाद छैन,’ अध्यक्ष यादवले भने ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादव अहिले पनि प्रदेश सभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4