+
+
Shares

आजपाका प्रभु साहले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छ्न् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।
  • नेकपा एमालेका कुन्दन कुशवाहाले पनि वारेसमार्फत मनोनयन दर्ता गराएका छन्।
  • निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म ६ जनाले मनोनयन पत्र दर्ता गराइसकेको निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिए।

६ माघ, रौतहट। प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छ्न् ।

यसैगरी नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले पनि वारेस मार्फतनै मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृतको कार्यालयले दिएका सूचना अनुसार अहिले सम्म ६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जनमतका शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल, स्वतन्त्र राजेश साह र मङ्गोल नेशनल पार्टीबाट उत्तरबहादुर रानाले मनोनयन पत्र दर्ता गराईसकेको क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?