६ माघ, इलाम । नेकपा एमालेका तर्फबाट इलाम-२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले इलामले नेम्वाङको नाम एकल सिफारिस गरेको थियो ।
नेम्वाङसँगै हालसम्म इलाम-२ मा जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, श्रम संस्कृति पार्टीको तर्फबाट सुदीप राई र राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट दिवस राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसै गरी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट काजीमान कागते, उज्यालो नेपाल पार्टीको तर्फबाट हरि गुरुङ र श्रम संस्कृति पार्टीको तर्फबाट विनोद नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4