+
+
Shares

गुल्मी- १ मा एमाले नेता प्रदीप ज्ञवालीले दर्ता गरे उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • ज्ञवालीले विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू फेरि जनतासँग जान लागेको बताए।
  • उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

६ माघ, गुल्मी । आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन्।

ज्ञवालीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै ज्ञवालीले गुल्मीको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू फेरि जनतासँग जान लागेको बताए।

उनले विगतमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवाली राष्ट्रिय राजनीतिमा अनुभव र पहिचान बनाइसकेका नेता हुन्।

गुल्मी क्षेत्र नम्बर १ मा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन् । गुल्मी–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिँदै छन्। प्रमुख दलका उम्मेदवार मैदानमा उत्रिएसँगै यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?