६ माघ, हेटाैंडा । मकवानपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ बाट राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटाैंडा उपमहानगरपालिका-१०, स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा राप्रपाका सिंह र मकवानपुर-२ नम्बर क्षेत्रबाट रामबहादुर थाेकरले उम्मेदवारी दर्ता गराएका हुन ।
कम्युनिस्टहरूकाे गढ मानिएकाे मकवानपुरमा राप्रपाबाट सिंहले २०७९ काे प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।
उनले नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र एमालेकाे सूर्य चिह्नबाट चुनाव उठेका कमल थापालाई हराएका थिए ।
चुनाव जितेर संसद् प्रवेश गरेपछि सिंहले ऊर्जा राज्यमन्त्री र संसद्काे पूर्वाधार विकास समिति सभापतिकाे भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4