News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता ध्रुवकुमार शाहीले सुर्खेत क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन्।
- शाहीले मंगलबार दिउँसो गुर्भाकोटस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
- शाही यो क्षेत्रबाट तेस्रो पटक चुनाव लड्दै छन् र यसपटक कांग्रेसले विष्णु खड्कालाई उम्मेदवार बनाएको छ।
६ माघ, सुर्खेत । नेकपा एमालेका नेता ध्रुवकुमार शाहीले सुर्खेत क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन् ।
उनले मंगलबार दिउँसो गुर्भाकोटस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् ।
एमाले कर्णाली प्रदेश कमिटी सचिव समेत रहेका शाही यो क्षेत्रबाट तेस्रो पटक चुनाव लड्दै छन् । २०७४ मा कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई चुनावमा हराएर चर्चामा आएका शाही ०७९ को निर्वाचनमा पुन: पूर्णबहादुरसँग पराजित भएका थिए ।
यो पटक शाहीले प्रतिस्पर्धी फेरिएका छन् । पूर्णबहादुरले यो पटक चुनाव नलड्ने बताएपछि उनका भाइ विष्णु खड्कालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4