+
+
Shares

खल्तीका सहसंस्थापक अरविन्द बारा–३ मा रास्वपाका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साहले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • साहले ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति प्रतिबद्धता व्यक्त गर्दै परिणाममुखी राजनीतिमा जोड दिएका छन्।
  • उनी किसान परिवारबाट आएका र प्रविधिलाई रोजगारी र आर्थिक विकाससँग जोड्ने एजेन्डा संसदमा उठाउने बताए।

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं. ३ मा अरविन्द साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अरविन्द खल्तीका सह–संस्थापक हुन् । मनोनयन दर्ताको क्रममा साहले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति प्रतिबद्धता व्यक्त गरे ।

गाउँको सामुदायिक विद्यालयमा पढेर हुर्किएको तथा किसान परिवारको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रका नागरिकले भोग्दै आएको अवसरको अभाव र राज्यको कमजोर उपस्थितिलाई नजिकबाट अनुभूत गरेको बताए।

यही अनुभवका आधारमा प्रविधिलाई रोजगारी, सेवा प्रवाह र आर्थिक विकाससँग जोड्ने एजेन्डा संसदमा उठाउने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?