News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरिरहेका छन्।
- नेपाली कांग्रेसकी कुसुमदेवी थापाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएकी छन्।
- थापाले २०७९ सालको आम निर्वाचनमा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् र यसपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्।
६ माघ, रुकुुमपूर्व । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुकुमपूर्वमा उम्मेदवारहरूले मनोनयन पत्र धमाधम दर्ता गराइरहेका छन् ।
यसक्रममा नेपाली कांग्रेसको तर्फबाट कुसुमदेवी थापाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले मनोनयन पत्र दर्ता गराएकी हुन् । उम्मेदवार थापा यसअघि उनी २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
पार्टीभित्र स्पष्ट वक्ता र सक्रिय नेतृको पहिचान बनाएकी थापालाई यसपटक कांग्रेसले प्रत्यक्षतर्फ चुनावी मैदानमा उतारेको हो । सत्तारुढ र प्रतिपक्षी दलहरूले आ–आफ्नो उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारप्रसारलाई तीव्र पारेसँगै रुकुमपूर्वको चुनावी माहोल रोचक बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4