+
+
Shares

मकवानपुरमा एमालेका महेश र रामेश्वरले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:३९

६ माघ, हेटौंडा । मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका महेश बर्ताैला र रामेश्वर रानाले उम्मेदवारी दर्ता गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१०, स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मकवानपुर–१ बाट रामेश्वर राना र २ नम्बर क्षेत्रबाट महेश बर्ताैलाले उम्मेदवारी दर्ता गरेका हुन । यसैगरी, एमालेकै मेम्वर लोले समानुपातिकतर्फ जनजाती क्लष्टरमा उम्मेदवारी दर्ता गराएका छन् ।

बर्ताैला २०७९ मा पनि सोहि क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । १ नम्बरबाट रामेश्वर र लोले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् ।

मकवानपुरको १ नम्बर क्षेत्र सहरी र २ नम्बर क्षेत्र ग्रामिण भेग हो । १ नम्बर क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्दछन् ।

२ नम्बर क्षेत्रमा हेटौंडाको १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाको ५,६,७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी गाउँपालिका पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?