+
+
Shares

रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी दर्ता

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:१९

६ माघ, काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नाउपा खोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?