News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २७ जनाले मनोनयन दर्ता गरेका छन्।
- नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलबाट विभिन्न उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
- स्वतन्त्रतर्फ १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् र निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिएका छन्।
६ माघ, महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी क्षेत्र नं १ मा २७ जनाको उम्मेदवारी परेको छ । १४ जना स्वतन्त्रसहित २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसबाट मुकेशराज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिस्ट पार्टीबाट गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार महतोको मनोनयन दर्ता भएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालबाट योगनारायण महतो, जनमत पार्टीबाट वीरेन्द्र महतो, नेकपा संयुक्तबाट मणिराज निरौला, कृष्णश्वरी दुवाल, मंगोल नेशनल अर्गनाइजेशनबाट रमेशकुमार सिंह दनुवार, श्रम संस्कृति पार्टीबाट लिला दियाली, आम जनता पार्टीबाट मुकेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमप्रसाद पोखरेल र उज्यालो नेपाल पार्टीबाट मुकेशकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, स्वतन्त्रबाट मात्रै १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसरी स्वतन्त्रबाट मनोनयन दर्ता गराउनेहरूमा सचिन महतो, सुरेन्द्र महतो, सुनिलकुमार सिंह, सविताकुमारी देवी, सोमिन्द्र सार्की, बौवेलाल महतो, टेकप्रसाद पोखरेल, प्रेमबहादुर राणा मगर, परमेश्वर पासमान, शिवनारायण महतो, सुनैनादेवी कोइरी, प्रमोदकुमार साह, जीवनकुमार मगर, निरु कुमारी रहेको निर्वाचन अधिकृत महतोले जानकारी दिए ।
प्रतिक्रिया 4