+
+
Shares

कांग्रेसमा १०६ जना नयाँ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।
  • उम्मेदवारमध्ये १०६ जना अर्थात् ६४ प्रतिशत नयाँ उम्मेदवार रहेको प्रवक्ता देवराज चालिसेले बताए।
  • सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने सन्देश भएको छ।

६ माघ, काठमाडौ । नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

उम्मेदवार मध्ये १०६ जना अर्थात् ६४ प्रतिशत उम्मेदवार नयाँ रहेको प्रवक्ता देवराज चालिसेले बताए । ‘पार्टी बदलिएको सन्देश हामीले उम्मेदवार चयन मार्फत दिएका छौं,’ उनले भने, ‘उम्मेदवारी चयनमा समावेशीता र युवालाई ध्यान दिएका छौं ।’

सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु पनि सन्देश नै भएको उनको भनाइ छ ।

‘मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने हिसाबले पार्टी सभापतिलाई सर्लाही लगेका हौं,’ चालिसेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?