+
+
Shares

बाराका ४ क्षेत्रमा ११२ जनाको उम्मेदवारी, ४७ स्वतन्त्र उम्मेदवार

सुनिल गाउँले सुनिल गाउँले
२०८२ माघ ६ गते २३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाराका चार निर्वाचन क्षेत्रमा ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
  • बाराका क्षेत्र नम्बर ४ मा ३९ जना, क्षेत्र नम्बर ३ मा ३९ जना, क्षेत्र नम्बर २ मा २९ जना र क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दिएका छन्।
  • चार निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ र विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

६ माघ, बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाराका चारवटा निर्वाचन क्षेत्रमा एकसय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार समेत गरी चार निर्वाचन क्षेत्रमा कुल एकसय १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नविन चौधरीले जानकारी दिए ।

सबैभन्दा धेरै बारा क्षेत्र नम्बर ४ मा ३९ जनाको उम्मेदवारी परेको छ । बारा क्षेत्र नम्बर ३ मा ३९ जना, बारा क्षेत्र नम्बर २ मा २९ जना र क्षेत्र नम्बर १ मा २० जनाको उम्मेदवारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि चार निर्वाचन क्षेत्रका चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । क्षेत्र नम्बर १ कोल्हवी, क्षेत्र नम्बर २ को बरियारपुर, ३ को कलैया स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर ४ को जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

क्षेत्र नम्बर १ मा को को छन् उम्मेदवार

बारा क्षेत्र नम्बर १ मा १३ राजनीतिक दल तथा ७ स्वतन्त्र उम्मेदवार गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट शम्भुबहादुर बुढाथोकी, नेकपा एमालेका अच्युतप्रसाद मैनाली, नेपाली कम्युनिष्ट पार्टीका सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल, जनता समाजवादी पार्टी (जसपा) का रामबाबुप्रसाद यादव, जनमत पार्टीका कमरुल्लाह अंसारीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद कलवार, नागरिक उन्मुक्ति पार्टीका भुवन चौधरी, आम जनता पार्टीका विजय यादव, श्रम संस्कृति पार्टीका भुलावन पासवान, उज्यालो नेपाल पार्टीका अनवर अंसारी, प्रलोपाका हमिद मंसुरी, मंगोल नेशनल अर्गनाइजेशनका सुक दोर्जे गोलेको उम्मेदवारी दर्ता भएको छ ।

बारा १ मा जयकिशोर पाण्डे, प्रेमकुमारी थापा, विदुर खरेल, सिमाकुमारी तिमल्सेना, लक्ष्मीनारायण साह, रोशन उप्रेती र रविना चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ का उम्मेदवारहरू

बारा क्षेत्र नम्बर २ मा १६ राजनीतिक दल तथा १३ स्वतन्त्र उम्मेदवार गरी २९ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट भैयाराम यादव, नेकपा एमालेका बलबरी चौधरी, नेपाली कम्युनिष्ट पार्टीका रमेशप्रसाद यादव, प्रलोपाका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन सिंह, जनता समाजवादी पार्टी (जसपा) का रामकिशोरप्रसाद यादव, जनमत पार्टीका राजेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले उम्मेदवारी दिएका छन् ।

आम जनता पार्टीका आत्मारामप्रसाद साह, नेपाल जनता पार्टीका प्रदेशी साह, राष्ट्रिय मुक्ति पार्टीका अमरदेव यादव, जनता लोकतान्त्रिक पार्टीका श्यामबाबु चौधरी मजदुर किसान पार्टीका चन्दनकुमार यादव, उज्यालो नेपाल पार्टीका मेघराज पासवान, मंगोल नेशनल अर्गनाइजेशनका राधादेवी महरा र जनअधिकार पार्टीका अमरेश पाण्डेको उम्मेदवारी परेको छ ।

बारा २ मा नगिना देवी, जालन्धर महतो, राजवली प्रसाद, छोटेलाल साह, सुधीर साह, अनिता कुमारी, जल महम्मद अंसारी, प्रयाग चौधरी, मुरली साह, मुकेश कुशवाहा, सुरेन्द्र यादव, दिनेश यादव र इन्जाद अंसारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ३ का उम्मेदवारहरु

बारा क्षेत्र नम्बर २ मा १६ राजनीतिक दल तथा ८ स्वतन्त्र उम्मेदवार गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट फरमुल्लाह मंसुर, नेकपा एमालेकी ज्वालाकुमारी साह, नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद साह, प्रलोपाका दिनेशप्रसाद सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साहको उम्मेदवारी परेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का रामबाबु यादव, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद जैसवार, आम जनता पार्टीका लक्ष्मण लामा, नेपाल जनता पार्टीका प्रल्हाद साह, राष्ट्रिय मुक्ति पार्टीका अमरदेव यादव, श्रम संस्कृति पार्टीका मुमतज बेगमको मनोनयन आएको छ ।

यसैगरी, जनता लोकतान्त्रिक पार्टीका श्यामबाबु चौधरी मजदुर किसान पार्टीका राम एकबाल राउत, उज्यालो नेपाल पार्टीका तीर्थबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनकी सम्झना गोले र जनअधिकार पार्टीका सञ्जय सहनी, राष्ट्रिय जनमोर्चाका बालाकृष्ण शर्माको उम्मेदवारी परेको छ ।

बारा ३ मा संतोष पंडित कुम्हार, राकेशकुमार साह, लालमुकेश ठाकुर, सविना गोले, सुरेश सुवेदी, सुनील पासवान, उमरावती देवी साह र चन्द्रप्रकाश सुवेदीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ४ का उम्मेदवारहरू

बारा क्षेत्र नम्बर २ मा २० राजनीतिक दल तथा १९ स्वतन्त्र उम्मेदवार गरी ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट श्यामबाबु गुप्ता, नेकपा एमालेका किसान श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा, प्रलोपाका अवधकिशोर कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारीले उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का सन्जु साह कानु, जनमत पार्टीका हसनजान मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिपकुमार नेपाल, आम जनता पार्टीका उमेशकुमार कुशवाहा, श्रम संस्कृति पार्टीका गोपालकुमार खत्री, नेपाल लोकतान्त्रिक पार्टीका सुरेश प्रसाद, उज्यालो नेपाल पार्टीका सन्तोषकुमार गुप्ताको उम्मेदवारी परेको छ ।

यस्तै, मंगोल नेशनल अर्गनाइजेशनका सुब्बालाल तामाङ, राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याय, संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुनी खातुन, राष्ट्रिय एकता दलका विनय यादव, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल र राष्ट्र निर्माण दलका समिम मियाँ अंसारीको उम्मेदवारी परेको छ ।

बारा ४ मा उषा बुढाथोकी, असरार आलम ठकुराइ, भोला मियाँ, मंगेश्वर पटेल, भेखनारायण साह, बैधनाथप्रसाद साह, पूर्णप्रसाद पन्थ, नीराजनकुमार, नसिमा खातुन, धीरेन्द्र चौधरी, दीपकसिंह चौधरी, मुकेशकुमार रौनियार, मोहन चौलागाईं, राजदेव राम, विमला खतिवडा, शम्भु यादव, सञ्जु चौधरी, सन्दीप यादव, साकिब आलम मंसुरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?