+
+
Shares

सिरहामा ५४ जना दलका उम्मेदवार, ८५ जना स्वत्नत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते ८:१२

७ माघ, सिरहा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ ।  विभिन्न राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन् ।

सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा-१ मा ३२ जना (स्वतन्त्र १८), सिरहा- २ मा  २९ जना (स्वतन्त्र १५),सिरहा ३ मा ४१ जना (स्वतन्त्र २९) र सिरहा-४ मा ३७ जना (स्वतन्त्र २३) रहेका छन् ।

जिल्लाभर मतदानका लागि २२३ मतदान स्थल र ५३१ मतदान केन्द्र तोकिएका छन् । मतदाताको संख्या पुरुष २ लाख ४१ हजार ६१४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी कुल चार लाख ५३ हजार ६४५ रहेको छ ।

स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएकोले यहाँको निर्वाचन थप रोचक बनेको छ । निर्वाचन निकायले सबै पक्षलाई निष्पक्ष र सुचारु निर्वाचनको लागि तयारीमा जुट्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?