+
+
Shares

चोरीका ५० मोटसाइकल र स्कुटर फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १५:१७

७ माघ, काठमाडौं । चोरी भएका तथा हराएका दुई पांग्रे सवारी साधन पत्ता लगाएर ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५० मोटरसाइकल/स्कुटर पत्ता लगाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार धनीलाई हस्तान्तरण गरेका हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा २३ वटा मोटरसाइकल र २७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?